In the beginning God created the heaven and the earth.

1 visitors online currently
Categories

    परमेश्वरको सारा पूर्णताले भरीपूर्ण होऒ।

    एफिसी ३:१४-२१

                                            

           पुस्तक परिचय:

    • पावलले यो पत्र एफिसीहरूलाई झण्‍डै ईश्‍वी स‌म्बत्‌ ६०-६१ मा लेखेका थिए। त्यो बेला पावल आफै रोम सहरको एउटा झ्‍यालखानामा बन्‍दी थिए।
    • अहिले रोमचाहिँ यूरोप महादेशमा भएको आधुनिक इटालीको राजधानी हो।
    • उही झ्‍यालखानामा बस्‍दा पावलले नयाँ करारका “फिलिप्‍पीहरूलाई,” “कलस्‍सीहरूलाई” र “फिलेमोनलाई,” भन्‍ने पत्रहरू पनि लेखेका थिए।
    • ईस्वी सम्बत्‌ ५३ देखि ईस्वी सम्बत्‌ ५५ सम्‍म पावल पनि एफिससमा बसे अनि तिनले हरेक दिन त्‍यहाँ जो-जो आउँथे, तिनीहरूलाई एउटा विद्यालयमा सिकाउने गर्थे। तिनीहरूमा धेरै जनाले विश्‍वास गर्न थाले र केही समयपछि एउटा ख्रीष्‍टियान मण्‍डली स्‍थापित भयो।
    • एफिसीहरूलाई मात्र होइन तर वरपरका अरू मण्‍डलीहरूलाई पनि पावलले यो पत्र लेखेका हुन्‌ भन्‍ने धेरै जना बाइबलका विद्वान्‌हरूको विचार छ।
    • पावलका पत्रहरूमध्‍ये धेरैजसो व्‍यक्तिगत तवरले लेखिएका छन्‌ तर यो पत्रचाहिँ व्‍यक्तिगत किसिमले र एउटै मण्‍डलीलाई मात्र लेखिएको जस्‍तो होइन। बरु यो पत्र एकदम फराकिलो छ र सायद एक मण्‍डलीबाट अर्को मण्‍डलीलाई बाँड्‌नका निम्ति लेखिएको थियो।

    एफिसीका मण्डलीहरुका निम्ति पावलको प्रार्थना एफिसी ३:१४-२१

    1. यहाँ पावलले परमेश्वरका सन्तानहरुका निम्ति तल उल्लेखित तिन कुराहरुको निम्त प्रार्थना गर्दछन् ।

            * विश्वासीहरु आत्मिकि  रुपमा शक्तिशाली बन्नको लागि १६ पद

           ''म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्‌,''  - एफिसी ३:१६    

    • हामीलाइ हाम्रो देनिक जीवनमा परमेश्वरको आत्मिक शक्तिको खाँचो पर्दछ । हाम्रो दैनिक जीवनमा आउने परिक्षाबाट विजयी पाउन, शैतानदेखि विजयी पाउन, परमेश्वरसँगको सम्बन्धलाइ बलियो बनाउन...................
    • जब हामी येशु ख्रीष्टलाइ आफ्नो मुक्तिदाता भनी स्वीकार्दछौ, तब उहाँ हामीमा आउनुहुन्छ । र हामी आत्मिक रुपमा शक्तिशाली हुँदछौ ।

          "तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो।"  - एफिसी १:१३

    • हामीले आत्मिक शक्तिपाएर परमेश्वरको नाउँमा धेरै कुराहरु गर्न सक्दछौ ।
    • पावलले पनि भन्दछन् "जसले मलाइ शक्ति दिनुहुन्छ, उहाँमा नै म सबथोक गर्न सक्दछु" फिलिप्पी ४:१३
    • जब हाम्रो जीवनमा परमेश्वरको बास हुँदछ, तब हामी आत्मिकी रुपमा शक्तिशाली हुँदछौं ।

             * ख्रिष्ट तिमिहरुको हृदयमा बास गरुन् । १७ पद

            र विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून्‌, र प्रेममा जरा गाडिएका र दह्रिला भएर,  ।   - एफिसी ३:१७

    • पावलको प्रार्थनाको दोस्रो खण्ड यो हो कि ख्रीष्‍ट (अर्थात् उहाँका आत्मा, अथवा पवित्र आत्मा) हाम्रा हृदयमा वास गरून्। जब ख्रीष्‍ट हाम्रा हृदयमा वास गर्नुहुन्छ, तब हामीहरू ख्रीष्‍टजस्तै हुन जान्छौं। विशेष गरी पवित्र आत्माद्वारा उहाँको प्रेमले हाम्रा हृदय भरिपूर्ण बनाउँछ ।
    • जब हाम्रो जीवनमा परमेश्वरको बास हुँदछ, हामी हाम्रो जीवनमा परमेश्वरको गुणहरु ल्याउनसक्दछौं ।
    • ख्रीष्टको जीवनमा भएका गुणहरु: नम्रता, सत्यता, धैर्यता, प्रेम, सहनशीलता,

           * ख्रीष्टको अपार र अवर्णणीय प्रेमलाइ थाहा गर्न सक । १९ पद

    सबै सन्‍तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक, १९ र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक । - एफिसी १:१८

    • एफिसीहरूले परमेश्‍वर अथवा ख्रीष्‍टको प्रेम कति महान् छ भनेर बुझ्न सक्‍ने मात्र होइन तर त्यस प्रेमलाई थाहा पाउन पनि सकून्, अर्थात् त्यसको अनुभव आफ–आफ्नो जीवनमा गरून् भनेर पावल यहाँ प्रार्थना गर्छन्।
    • क्रुस चाहिँ ख्रीष्टको प्रेमको प्रतिक हो ।
    • सबै मानिसहरूलाई अँगाल्नका निम्ति यस प्रेमको चौड़ाइ पुग्छ। अनन्तसम्म रहनलाई यस प्रेमको लमाइ पुग्छ। सबैभन्दा तल दबिएको पापीकहाँ ओह्‍र्लनलाई यस प्रेमको गहिराइ पुग्छ। र त्यस पापीलाई स्वर्गमा पुर्‍याउनका निम्ति यस प्रेमको उचाइ पनि पुग्छ।
    • परमेश्वरको प्रेम निश्वार्थ (निशर्त) हुन्छ ।

    GOD'S LOVE IS UNCONDITIONAL.

                हामी मानिसहरुको प्रेममा कुनै न कुनै स्वार्थ लुकेको हुन्छ ।

    हामी हाम्रो कमजोरी अवस्थामा नै उहाँले हामीलाइ प्रेम गर्नुभयो । हामी जस्तो छौ, त्यस्तै अवस्थामा उहाँले हामीलाइ प्रेम गर्नुभयो ।

    "किनकी हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरुका लागी ठीक समयमा मर्नुभयो ।"  रोमी ५:६

     हामी पापी छँदा नै ख्रीष्ट हाम्रो निम्ती मर्नुभयो ।

    "उहाँको सामुन्ने पिवत्र र निष्कलङ्क होऔं भनेर ससारको उत्पत्तीभन्दा अघिबाटै उहाँले हामीलाइ चुन्नुभयो ।"    एफीसी १:४–५

    उहाँको अगाडी पवित्र र निश्कलङ्क हुनलाइ अगाडी नै उहाँले हामीलाइ चुन्नुभयो ।

    “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। - यूहन्ना ३:१६-१७

    परमेश्वरले संसारका धनीलाइ मात्र प्रेम गर्नुभएन, उहाँले संसारका धर्मीलाइ मात्र प्रेम गर्नुभएन तर उहाँले संसारमा भएका सबै कमनिसहरुलाइ नै एकै समानको प्रेम गर्नुभयो।

    • परमेश्वरको प्रेम अनन्तको हुन्छ।

    GOD'S LOVE IS FROM EVERLASTING TO EVERLASTING.

    भजनसंग्रह १०३:१५–१७

    "मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ, अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ, र त्‍यो विलीन हुन्‍छ, र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन। तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ ।"

    यहाँ भजनसँग्रहको लेखकले मानिसको आयुलाइ फुलसँग तुलना गरीएको छ । त्यस्तै प्रकारले हामी मानिसहरुको प्रेम पनी त्यस्तै नै हुन्छ । तर परमेश्वरको प्रेम अनन्तकाल सम्म रहन्छ ।

    एफिसी १:४ "उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,"

    यस पदले पनी यो प्रष्ट पार्दछ कि परमेश्वरले हामीलाइ सृष्टिको शुरुदेखि नै उहाँले हामीलाइ चुनिकन उहाँको प्रेम हामीलाइ दर्शाउनुभयो  ।

    हामी सोच्न सक्दछौ कि हाम्रो जीवनमा परमेश्वरको प्रेम नभएको समय कुनै पनि छैन ।

    हामीलाइ आफ्नो अमाको गर्भदेखि नै उहाँले चुन्नुभयो ।

    • परमेश्वरको सारा पूर्णताले भरीपूर्ण होऒ । १९ पद

    "ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।" एफीसी ३:१९

    • ख्रीष्‍टको प्रेम यति ठूलो छ कि त्यसले ज्ञानलाई माथ गर्छ। तर पनि हामीहरू आ–आफ्नो हृदयमा त्यसको अनुभव गर्न सक्छौं। अनि ख्रीष्‍टको प्रेमको अनुभव गरेर, हामीहरू परमेश्‍वरको सारा पूर्णतामा पूर्ण हुनेछौं।
    • यदि हामी विश्वासीहरु आत्मिकि  रुपमा शक्तिशाली बन्नसक्यौ, यदि हाम्रो जीवनमा ख्रीष्टको बास भयो भने र यदि हामीले ख्रीष्टको अपार र अवर्णणीय प्रेमलाइ थाहा गर्न सक्यौं भने हामी परम्श्वरको सारा पूर्णताले भरीपुर्ण हुनसक्दछौं ।

    निष्कर्ष:

    • पावलले एफिसीहरू (र हामीहरू) का लागि परमेश्वरमा चढ़ाएको प्रार्थना कत्ति उदेक र अचम्मको छ। तिनले परमेश्वरको शक्ति, प्रेम, परमेश्वर स्वयं हामीहरुको जीवनमा बास गरोस् भनी प्रार्थना गर्दछन् ताकी हाम्रो जीवन परमेश्‍वरको सारा पूर्णताले भरीपूर्ण होऒस् ।   

    के परमेश्‍वरले यति ठूलो प्रार्थनाको जवाफ दिन सक्‍नुहुन्छ? के यस्तो प्रार्थना पूरा गर्नलाई उहाँको शक्ति पुग्छ? अवश्य पुग्छ ।

    "हामीभित्र काम गर्ने शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ ।"

                                                                                                    एफिसी ३:२०                              

    • आज हामी पावलले गरेको प्रार्थना जस्तै हामी एकले अर्काको निम्ति गर्ने प्रार्थना हुनुपर्दछ । आज हामी आफुमात्र परमेश्वरमा अगाडी बढ्ने होइन तर परमेश्वरको प्रेममा रहेर एकले अर्कोलाइ सिकाउँदै र हौसला दिँदै परमेश्वरमा अगाडी बढ्नुपर्दछ ।

     

    • यदि हामी साँचो रुपमा परमेश्वरको सारा पूर्णताले भरीपूर्ण हुनचाहन्छौं भने हामी ले हाम्रो जीवनमा त्याग्नुपर्ने कतिवटा कुराहरुलाइ त्याग्न सक्नुपर्दछ ।

    "छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।"          - एफिसी ४: २२

    • र धारण गर्नुपर्ने कुराहरुलाइ हामीले हाम्रो जीवनमा धारण गर्नु पर्दछ ।

    "र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।" - एफिसी ४: २३-२४