In the beginning God created the heaven and the earth.

1 visitors online currently
Categories

    येशुको चेलाहरुको पृष्ठभुमी

    येशुका बाह्रचेलाहरु विभिन्न पृष्ठभुमीका व्यक्तिहरु थिए ।

    येशुका बाह्रचेलाहरु: बाह्र प्रेरितहरूका नाउँ यी हुन्‌, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्‍द्रियास, जब्‍दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्‍फयसका छोरा याकूब र थेदियस, सिमोन कनानी र यहूदा इस्‍करियोत, जसले येशूलाई पक्राइदियो। मत्ती १०:२-४

    १     पत्रुस भनिने सिमोन

    • उनको नाउँ सिमोन थियो तर येशुले उनलाइ पत्रुस नाम दिए जस्को अर्थ चट्टान हो ।
    • उनी गालीलको बेथसेदा भन्ने ठाउँको एक जालहारी थिए ।
    • येशु ख्रीष्टलाइ तिन पल्ट इन्कार गर्ने व्यक्ति ।
    • येशु ख्रीष्ट सँगै पानी माथी हिँड्ने व्यक्ति ।
    • पत्रुस भनिने सिमोनलाइ येशु ख्रीष्टले केफास नाम दिनुभयो जसको अर्थ चट्टान हो । युहन्ना १:४२
    • उनी १ र २ पत्रुसका लेखक पनी थिए ।

    २     अन्‍द्रियास

    • उनी सीमोन पत्रुसका भाइ थिए ।
    • उनी गालीलको बेथसेदा भन्ने ठाउँको एक जालहारी थिए ।
    • उनी बप्तिस्मा दिने यूहन्नाका चेला थिए ।
    • येशु ख्रीष्टले यी दुइ भाइहरुलाइ पत्रुस र आन्द्रीयासलाइ मानीसको जालाहारी हुनलाइ बोलाइएका थिए । मत्ती ४:१७-१८

    ३     जब्‍दियाका छोरा याकूब

    • उनी यूहन्नाका दाजु थिए ।
    • उनीलाइ येशुले बोअनर्गेश, अर्थात्‌ गर्जनका छोराहरू भन्‍ने नाउँ दिनुभयो। मर्कुस ३:१७
    • उनी येशुको दाहिने पट्टी बस्ने चाहाना गर्दथ्यो ।
    • उनलाइ हेरोद राजाले तरवारले काटेर मारेको थियो । प्रेरीत १२:२

    ४     यूहन्‍ना

    • उनी याकूबका भाइ थिए ।
    • उनीलाइ येशुले बोअनर्गेश, अर्थात्‌ गर्जनका छोराहरू भन्‍ने नाउँ दिनुभयो। मर्कुस ३:१७
    • उनी येशुका अति प्रीय चेला थिए ।
    • उनले बाइबलका पाँचवटा पुस्तकहरु लेखेका छन् । युहन्नाको सुसमाचार, १,२,३,यूहन्ना र प्रकासको पुस्तक ।
    • उनले पुरानो समयका अगम्वक्ता एलिया ले झै स्वर्गबाट आगो बर्साएर सामरीहरुलाइ नष्ट गर्न चाहन्थे । लुका ९:५४

    ५     फिलिप

    • उनी गालीलको बेथसेदा भन्ने ठाउँको बासीन्दा थिए ।
    • उनको नाम सुसमाचारको चारै वटा पुस्तकहरुमा उल्लेख भएको पाइन्छ ।
    • ग्रीस र सीरीयामा सुसमाचार प्रचार गर्नुमा उनको ठूलो भुमिका छ
    • उनी २७ बर्षको हुँदा येशुको पछि लागेका थिए ।
    • उनका सात जना दाजुभाइ र दिदीबहिनीहरु थिए ।
    • येशु ख्रीष्टको पुनरुत्थान पछी मात्र उनका अरु दाजुभाइ र दिदीबहिनीहरु र परिवारले येशु ख्रीष्टमा विश्वास गरे ।

    ६     बारथोलोमाइ

    • बारथोलोमाइको बारेमा हामी बाइबलमा वस्तृत रुपमा भेट्टाउँदैनौ ।
    • आरामेइक भाषामा BAR भन्नाले असल छोरा भन्ने बुझिन्छ । त्यसैले उनी TOLMAI भन्ने व्यक्तिको असल छोरा भन्ने गरीन्छ ।
    • यूहन्ना १:४५-५१ मा उल्ल्ख भएको नथानेल भन्ने व्यक्ति नै बारथोलोमाइ हुन भन्ने भनाइ विद्वानहरुको छ ।
    • भनिन्छ की उनले दिनमा र रातमा धेरै समय प्रार्थनामा विताउँदथे
    • उनी धेरै भाषाका ज्ञानी थिए ।

    ७     थोमा

    • थोमा जुम्ल्याहा थीए भनिन्छ तर उनको जुम्ल्याहा भाइको बारेमा उल्लेख भएको पाइँदैन ।
    • उनी जालाहारी थीए ।
    • येशु ख्रीष्टको बौरी उठाइमा विश्वास नगर्ने व्यक्ति । यूहन्ना २०:२४-२९
    • उनले भनेका थिए की जबसम्म म येशुको चोट लागेको हात र पाउमा म आफ्नो औलाले छाम्दिन तब सम्म म विश्वास गर्दिँन ।
    • प्रभु येशुको स्वर्गारोहण पछी उनी वेविलोनमा गइ मण्डली स्थापना गरे र त्यो नै वेविलोनको पहिलो मण्डलि भनिन्छ ।
    • उनी सुसमाचार प्रचारको क्रममा पर्सीया, चाइना र भारतमा पनि पुगेका थिए । 49 AD मा उनी भारतमा सुसमाचार प्रचारको क्रममा पुगे र उनको देहान्त त्यहि नै भयो ।

    ८     कर उठाउने मत्ती

    • उनि अल्फायसको छोरा थीए ।
    • उनको जन्म कफर्नहुममा भएको थियो ।
    • उनको यहुदी नाम लेवि थियो । लुका ५: २७-२९
    • उनि रोमी सम्राटको लागी कर उठाउने गर्दथे ।
    • उनी सुसमाचारको पहिलो पुस्तक मत्तिका लेखक पनी थीए

    ९     अल्‍फयसका छोरा याकूब

    • याकुब बारेमा पनि हामी धेरै कुराहरु पाउँदैनौ ।
    • भनिन्छ उनी मत्तीका भाइ थिए ।
    • उनी कर्फनहुमका बासिन्दा र लेवी जातीका थिए ।
    • उनले यरुशलेम र त्यसका आसपासका ठाँउहरुमा सुसमाचार प्रचारमा योगदान दिएका छन् ।

    १०    थेदियस  (यहुदा)

    • उनी यहुदि जातिका थीए भनिन्छ ।
    • थेदियस बारेमा पनि हामी धेरै कुराहरु पाउँदैनौ ।
    • येशुको स्वर्गारोहण पछि यरुशलेम बाट बाहिर देशमा गइ सुसमाचार प्रचार गर्ने पहिलो चेलाको रुपमा मानिन्छ ।
    • उनले आफ्नो जीवनको बाँकि समय सीरीया र पर्सीयामा सुसमाचार प्रचारमा विताए ।

    ११    सिमोन कनानी

    • उनी २८ बर्षको हुँदा येशुको पछि लागेका थिए ।
    • उनी अति नै विश्वासयोग्य व्यक्ति थिए ।
    • जब जब प्रचारको क्रममा अन्यौल र अप्ठ्यारा समय आउँथ्यो तब सिमोन अगाडी पठाउँदथ्यो ।
    • उनको पेशा पनी जालाहारी ने थीयो ।
    • सुसमाचार प्रचारको क्रममा उनी इजीप्ट, अफ्रीका, स्पेनका साथै ब्रीटेन सम्म पुगेका थिए ।

    १२    यहूदा इस्‍करियोत

    • येशु ख्रीष्टलाइ धोका दिने व्यक्ति ।
    • उनी सीमोन इस्करियोतका छोरा थीए ।
    • उनले येशु ख्रीष्टलाइ ३० चाँदिको टुक्राको लागि धोका दिएका थिए ।
    • पछि उसले आफुले गरेको काम प्रति पश्चाताप गर्दै आत्महत्या गरे।
    • १२ चेलाहरु मध्ये उनी मात्रै एक जना थिए जो हेब्रोनको एउटा सानो शहर केरीओथ का थिए ।

    येशुको चेलाहरुको मृत्यु

    पत्रुस भनिने सिमोन – रोममा झुण्ड्याएर मारे  AD 64.

    तिनका भाइ अन्‍द्रियास -  X आकारको क्रुसमा झुण्ड्याएर मारे.

    जब्‍दियाका छोरा याकूब तरवारले शिर काटेर मारे AD 44

    तिनका भाइ यूहन्‍ना, - उनी कसरी मरे भन्ने कुनै तथ्य फेला परेको छैन तर उनी आफ्नै काल गतीले मरेको विश्वास गरिन्छ ।

    फिलिप - झुण्ड्याएर मारे AD 54

    बारथोलोमाइ – क्यास्पीयन समुन्द्रमा शरीरको छाला काटेर र पछी शिर काटेर मारे ।

    थोमा – भारतको मद्रासमा मारे । AD 72

    कर उठाउने मत्ती – बन्चरोले हानेर मारे AD 60

    अल्‍फयसका छोरा याकूब – ९० बर्षको उमेरमा ढुङ्गाले हानेर मारे ।

    थेदियस – मृत्युदण्ड

    सिमोन कनानी - झुण्ड्याएर मारे AD 74 ६१

    यहूदा इस्‍करियोत -  आत्महत्या ।